अनुसूची १०
अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरुको धारा ८ दफा २(ख)

धारा ८ दफा २ (ख) यस सम्झौता अनुकूल कायम गरिएको वा लगाइएको कुनै सदस्यको मुद्रा संलग्न
हुने र सो सदस्यको विनिमय नियन्त्रण नियमहरुको प्रतिकूल भएको विनिमयसम्बन्धी ठेक्काहरु कुनै
सदस्यको प्रादेशिक क्षेत्रभित्र लागू हुने छैन । त्यस्को अतिरिक्त सदस्यहरुले आपसी कुराकानीद्वारा कुनै एक
सदस्यको विनिमय नियन्त्रण नियमहरुलाई बढी मात्रामा कार्यान्वित गर्ने उद्देश्यले बनेको साधनहरुमा
सहयोग गर्न सक्ने छन् तर त्यस्तो साधन र नियमहरु यस सम्झौता अनुकूल हुनुपर्छ ।